काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष भन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका छन् ।
बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उनको भनाइ छ ।
साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गरे ।
परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उनले स्पष्ट पारे ।
गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुन सकेको थिएन ।