बङ्गलादेशमा थप पाँच दिनका लागि लकडाउन बिस्तार-Sutra News

बङ्गलादेशमा थप पाँच दिनका लागि लकडाउन बिस्तार

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

बङ्गलादेश- बङ्गलादेश सरकारले कोभिड-१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन) लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।



सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम. मोजमेल हकले बताए ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उनले बताए ।

उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए ।

जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट