युएईद्वारा नेपालसहित ६ देशका यात्रुमाथिको यात्रा प्रतिबन्ध फुकुवा-Sutra News

युएईद्वारा नेपालसहित ६ देशका यात्रुमाथिको यात्रा प्रतिबन्ध फुकुवा

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल, भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको यात्रा प्रतिबन्धलाई हटाएको छ ।



कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर गर्दै युएईले नेपाल, भारतसहितका देशबाट युएई जानरआउन प्रतिबन्ध लगाइएको थियो ।

युएईले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकलाई आवतजावतमा लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको हो ।

युएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।’ तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने युएईले जनाएको छ ।

यी ६ मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीका कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट