चीनमा देखियो अर्को भाइरस-Sutra News

चीनमा देखियो अर्को भाइरस

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

चीन- कोरोना संकटबीच चीनमा मंकी भाइरसको संक्रमणका कारणले एक जनाको निधन भएको छ । यो भाइरस कोरोना भाइरस संक्रमणभन्दा बढि जोखिमपूर्ण रहेको छ । 



बाँदरको माध्यमबाट फैलिने मंकी बी नामक भाइरस संक्रमणले एक जना पशु चिकित्सकको निधन भएको छ । चीनमा पहिलो पटक यो भाइरस बाँदरबाट मानिसमा सरेको पुष्टि भएको छ । यो भाइरस संक्रामण रहेको छ । यो भाइरस संक्रमित भएको व्यक्तिको मृत्यु हुने सम्भावना ७० देखि ८० प्रतिशत रहन्छ । 

ग्लोबल टाइम्सकाअनुसार बेइजिङमा मंकी भाइरस संक्रमणका कारणले एक पशुचिकित्सकको मृत्यु भएको पहिलो केस पुष्टि भएको छ । तर चिकित्सकको सम्पर्कमा आएका अन्य व्यक्ति भने सुरक्षित छन् । ५३ वर्षीय चिकित्सक एक इन्स्टिट्युटमा नन ह्युमन प्राइमेट्समा रिसर्च गरिरहेका थिए ।  

मृतक चिकित्सकले गत मार्चमा दुईवटा मृत बाँदरमाथी रिसर्च गरेका थिए । त्यसपछि उनमा वाकवाकी र बान्ताका सुरुवाती लक्षणहरु देखिएको थियो । रिपोर्टकाअनुसार संक्रमित चिकित्सकको धेरै अस्पतालमा उपचार गरिएको थियो । तर २७ मईमा उनको मृत्यु  भयो । 

के हो मंकी भाइरस ? 

आईसीएमआरका पूर्व कन्सल्टेन्ट डा. वीके भारद्वाजकाअनुसार मंकी भाइरस सामान्यतया वयस्क बाँदरबाट फैलिन्छ । यो भाइरस मानिसमा दुर्लभ मात्रामा पाइन्छ । तर कोही व्यक्तिलाई यो भाइरसको संक्रमण भए स्नायु सम्बन्धी वा मानसिक समस्या हुनसक्छ ।  

कसलाई जोखिम हुन्छ ?

भाइरोलोजी ल्याबमा काम गर्ने व्यक्ति, पशु चिकित्सक, बाँदरको नजिक रहेर काम गर्ने व्यक्तिमा मंकी भाइरस संक्रमणको जोखिम रहन्छ । 

कसरी संक्रमण हुनसक्छ ? 

डा. भारद्वाजकाअनुसार मंकी भाइरस संक्रमण मानिसमा सर्ने जोखिम कम छ । तर पनि संक्रमित बाँदरको सम्पर्कमा आउँदा भाइरस मानिसमा सर्नसक्छ । बाँदरले टोकेपछि, कोतरे, बाँदरको र्याल, दिशापिसाब र संक्रमण भएको इन्जेक्स्सनको माध्यमबाट मानिसमा सर्नसक्छ । संक्रमित भएको व्यक्तिमा संक्रमण भएको एक महिनाभित्रमा यसका लक्षण देखिन्छन् । 

बोस्टन पब्लिक हेल्थ कमीसनकाअनुसार मंकी बी भाइरस संक्रमित व्यक्तिलाई समयमै उपचार नगरे ७० प्रतिशत केसमा मृत्यु हुनसक्छ । कसैलाई बाँदर कोपरेको भए तुरुन्त प्राथमिक उपचार गर्नुपर्छ । कोपरेको ठाउँमा साबुन पानीले राम्रोसँग सफा गर्नुपर्छ । मंकी बी भाइरस संक्रमणको उपचारको लागि एन्टी भाइरल औषधि उपलब्ध रहेको छ । तर यसको लागि अहिलेसम्म कुनै खोप भने बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट