अम्बाका ४ फाइदा-Sutra News

अम्बाका ४ फाइदा

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- अम्बा (बेलौती) स्वादिष्ट मात्र नभएर पौष्टिक तत्वले भरिपूर्ण फल हो । यसमा भएको पौष्टिक गुणका कारणले यसलाई यसलाई ‘सुपरफ्रुट’ मानिन्छ । 



यसमा एन्टिअक्सीडेन्ट, भिटामिन सी र ए, क्याल्सियम, पोटासियम पाइन्छ । त्यो बाहेक यसमा थोरै क्यालोरी र फाइबर उच्च मात्रामा पाइन्छ । जुन स्वास्थ्यका लागि अति फाइदाकारी हो ।

पाचन प्रक्रियामा सुधार 

अम्बामा पाइने प्रमुख पोषकतत्वमध्ये एक हो फाइबर । फाइबरले पाचन प्रक्रियालाई सहज बनाई मल त्यागमा सहयोग गर्छ । फाइबरले पखाला र कब्जियत दुबैको लक्षणलाई कम गर्छ । 

अम्बाको पातलाई जुस बनाएर सेवन गर्दा अत्यधिक मात्रामा भएको झाडापखालाको समस्यालाई नियन्त्रण गरी समयअगावै निको गर्छ । 

तौल घटाउन मद्दत गर्छ

यसमा तौल घटाउने पोषक तत्व पाइन्छ । यसमा क्यालोरी कम हुन्छ, जसकारण यसले मोटोपनको समस्यालाई कम गर्छ । 

रोग प्रतिरोध क्षमता बढाउँछ

अम्बामा भिटामिन सी प्रयाप्त मात्रामा पाइन्छ । जसले रोग प्रतिरोधी क्षमतालाई बढाउँछ । भिटामिन सीले रुघाखोकी र अन्य प्रकारका ब्याक्टेरियाबाट पनि बचाउँछ । 

महिनावारी दुखाईलाई कम गर्छ

महिनावारीको दुखाईले धेरैजसो महिलाको दिनचर्या नै अस्तव्यस्तसमेत हुन्छ । त्यसैले महिनावारीको समयमा अत्यधिक पीडा हुने महिलाले अम्बा सेवन गर्नु फाइदाकारी हुन्छ । बेलौतीको पातको सेवनले पाठेघरको दुखाईबाट पनि राहत दिन्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट