नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व-Sutra News

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

लण्डन- बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ ।



संस्थाको सोमबार सम्पन्न ३६ औँ वार्षिक साधारणसभाले डा.कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा.सञ्जीव नेपाली, महासचिवमा डा.पारस सिंह, सहसचिवमा डा.रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा.प्रज्वल घिमिरे चयन भएका छन् ।

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा.स्टिभ पाण्डे, प्रा.पालेश्वान लाखे र डा.थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ ।

कार्यक्रमा डा.पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा.अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा.सुनिल शाहले बताए ।

वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालबाट भर्चुअलरूपमा सहभागी डा.चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट