माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्‍दै-Sutra News

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्‍दै

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौ‌- नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ ।



आज बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा नेता नेपालले बैठक बोलाएको एक नेताले जानकारी दिए ।

नेता नेपालले पार्टी एकता र सरकारलगायतका विषयमा छलफल गर्न भन्दै बैठकमा निमन्त्रण गरेका नेपालको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा रहेका नेता नेपालको समूहलाई सत्तारुढ दलका शीर्ष नेताहरूले सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

तर नेता नेपाल भने सरकारमा सहभागी भए पार्टी एकताको सम्भावना समाप्त हुने भन्दै त्यसबारे निर्णय गर्न दबाब परिरहेको छ ।

गोकुल बाँस्कोटाको दाबी– आज माधव नेपालले कलम पार्टी घोषणा गर्दैछन् गोकुल बाँस्कोटाको दाबी– आज माधव नेपालले कलम पार्टी घोषणा गर्दैछन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट