सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा-Sutra News

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदैछ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ ।

आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका एक सदस्यले जानकारी दिए ।

यस्तै कार्यदलका सदस्य रमेश लेखकले प्रारम्भिक प्रतिवेदनमा कोभिड-१९को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको बताए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट