इदी अमिनले आजैका दिन युगाण्डाबाट लखेटेका थिए ६० हजार भारतीय नागरिक-Sutra News

इदी अमिनले आजैका दिन युगाण्डाबाट लखेटेका थिए ६० हजार भारतीय नागरिक

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

युगान्डाका पूर्वराष्ट्रपति ईदी अमीनले भारतीयहरूलाई एकदम घृणा गर्ने गर्थे ।



इदी अमिनले एक सेकेण्डमा निर्णय गरेर त्यतिबेला युगान्डामा बेलायती पासपोर्ट भएका ६० हजार भारतीयहरूलाई देश निकाला गरेका थिए । त्यो दिन सन् १९७२ को अगस्त ४ थियो, अर्थात् आजैको दिन । जब युगान्डा बेलायती औपनिवेशक देश थियो त्यतिबेला बेलायतले युगान्डामा काम गर्न भनेर हजारौं भारतीयहरू लगेको थियो ।

ज्यादातर भारतीय युगान्डामा सन् १८९५ देखि १९००को बीचमा रेलवे निर्माणका लागि मजदूरका रूपमा लगिएको थियो । त्यसमा अधिकांश भारतीयहरू स्वतन्त्रतापछि पनि त्यहीं बस्ने फैसला गरे । धेरै भारतीयहरू गुजरात र पन्जाबका थिए । समयसँगै भारतीयहरू युगान्डाको अर्थव्यवस्थाको महत्त्वपूर्ण हिस्सा बनेका थिए ।

जब इदी अमिन सत्तामा आए तब उनको पहिलो शिकार त्यहाँ बस्ने भारतीयहरू बने । १९७३ को अगस्तमा अमीनले ९० दिनभित्र सबै भारतीयहरूलाई दुईवटा सुटकेस र ५० पाउण्ड पैसा लिएर आफ्नो देश जान चेतावनी दिए ।

अघिल्लो रात उनले सपनामा अल्लाहले सबै भारतीयलाई लखेट्ने आदेश दिएका कारण भारतीयहरूलाई लखेटेको स्पष्टीकरण दिएका थिए । उनले युगान्डाको सम्पतिमा युगान्डाकै अधिकार हुने भन्दै ६० हजार भारतीयहरूलाई खाली हात देश छोड्न चेतावनी दिएका थिए ।

अमीनको आदेशसँगै त्यहाँ रहने भारतीयहरूमा आतंक फैलियो । त्यतिबेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले अमिनलाई यस्तो नगर्न चेतावनी पनि दिएकी थिइन् तर उनले सुनेको नसुन्यै गरे । करीब ५० हजारसँग बेलायती पासपोर्ट थियो । ३० हजारजति बेलायत उडे । बाँकी क्यानडा, अमेरिका र भारतमा शरण लिन आए ।

अमीनले पछि भारतीयहरूलाई दुईवटा विकल्प दिएका थिए । पहिलो विकल्प खाली हात देश छोडेर जानुपर्ने, यदि कोही जान मान्दैन भने त्यहींका महिलाहरूसँग या महिला भए पुरुषसँग बिहे गर्नुपर्ने । कतिपयले त्यहीं बिहे गरेर पनि बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट