महन्थ ठाकुरको रिटमा आज सुनुवाइ हुँदै, को छ इजलासमा ?-Sutra News

महन्थ ठाकुरको रिटमा आज सुनुवाइ हुँदै, को छ इजलासमा ?

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौँ । पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ ।



नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिह राउतको इजलासमा हुन लागेको हो ।

महन्थ ठाकुरको वारेश बनेर अधिवक्ता प्रदिप कुमार पाठकले दायर गरेका थिए ।

ठाकुरले दायर गरेको उक्त रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट