कित्ता फेरेकी लुम्बिनी प्रदेश सांसद ओली फेरी माओवादीमै !-Sutra News

कित्ता फेरेकी लुम्बिनी प्रदेश सांसद ओली फेरी माओवादीमै !

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले आफू माओवादी केन्द्रमै भएको बताएकी छिन्।



उनले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई फोन गरेर आफू माओवादीमा नै रहेको बताएकी हुन् ।

माओवादी केन्द्रका एक सांसदका अनुसार उनले पत्रकार सम्मेलन गरेर आफू माओवादीमा नै रहेको जानकारी गराउने भएकी छन् ।

उनले केही दिनअगाडी एक विज्ञप्ति जारी गर्दै आफू माओवादीमा बस्न नहुने उल्लेख गर्दै एमालेमा गएको घोषणा गरेकी थिइन् ।

उनी दाङ क्षेत्र नम्बर ३ को ‘ख’बाट निर्वाचित उत्तरकुमार ओली सवारी दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती विमला उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट