क्रिकेटबाट टाढिने सोच छैन, व्यवस्थापकीय भूमिकामा रहनेछु – पारस खड्का-Sutra News

क्रिकेटबाट टाढिने सोच छैन, व्यवस्थापकीय भूमिकामा रहनेछु – पारस खड्का

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भुमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।



बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटमा नटाढिने बताउँदै भुमिकामात्र बदलिने बताए । मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।

पूर्व कप्तान पारसले दुई वर्षअघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे । त्यस्तै पारसले  कप्तान र खेलाडीको रुपमा आफुले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको जिकिर गरे ।

पारसले आफूले क्रिकेटरको रुपमा हासिल गरेका ठूलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुर्याउने आफ्नो कर्तव्य भएको बताए ।

क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनको भनाइ छ ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए ।  नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट