कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४,१०७ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११,३५४ पीसीआर गर्दा २,९७५ र ४,९४४ एन्टीजेन परीक्षण गर्दा १,१३२ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । 



बुधबार १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३५ जनाको निधन भएको छ । देशभर ३३ हजार ४६४ सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३० हजार २७० र ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७१४ आइसीयूमा र १५६ जना भेन्टिलेटरमा उपचारत छन् ।  

हालसम्म नेपालमा ७ लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९५७ जनाको संक्रमणको कारणले निधन भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट