भारतमा कोरोनाः थप ४२ हजार ६२५ संक्रमित-Sutra News

भारतमा कोरोनाः थप ४२ हजार ६२५ संक्रमित

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय संक्रमितको सङ्ख्या चार लाख, १० हजार ३५३ रहेका छन् । यो संख्या कूल संक्रमितको १.२९ प्रतिशत हो ।



गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संक्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल संक्रमितमध्ये ९७.३७ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म ४७ करोड ३१ लाख ४२ हजार ३०७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १८ लाख ४७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको थियो । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट