हेलम्बु र मेलम्चीमा बाढीकाे जोखिम कायमै रहेपछि स्थानीय त्रासमा-Sutra News

हेलम्बु र मेलम्चीमा बाढीकाे जोखिम कायमै रहेपछि स्थानीय त्रासमा

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

सिन्धुपाल्चोक- हेलम्बु र मेलम्चीमा बाढीका कारण जोखिम कायमै रहेपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका छन् । गत असार १ गते पछि पटक-पटक लेदोसहितको बाढी आएपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका हुन् ।



बाढीले घर टहरालाई बगाउने गरेको स्थानीयहरुको भनाइ छ । त्यस्तै हेलम्बु र मेलम्चीमा बाढीले कटान गरेको र अन्य घरहरु पनि बगाउने अवस्थामा रहेको उनीहरुले गुनासो गरेका छन् ।

बाढीका कारण हेलम्बु र मेलम्ची जोड्ने पुल पनि बगाउदा आवत-जावतमा नै समस्या भएको छ । नदीको धार परिवर्तनमा सरकारले सहयोग गरे पुरिएका घरमा बस्न सकिने स्थानीयवासी बताउँछन् ।

यसैबीच कांग्रेस नेता मोहन बस्नेतले बुधबार हेलम्बु र मेलम्चीमा बाढीपीडितलाई राहत हस्तान्तरण गरे । सो क्रममा उनले छिटो भन्दा छिटो बेलिब्रिज निर्माण गरेर आवतजावतलाई सहज गर्नुपर्ने धारणा राखे ।

उनले हेलम्बु र मेलम्चीका पीडितहरुका लागि राज्य गम्भीर बन्नुपर्ने बताए । स्थानीयहरु स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै आक्रोशित छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट