क्रियाशील सदस्यता: कांग्रेसले तीन दिनभित्र विवाद टुंग्याउने-Sutra News

क्रियाशील सदस्यता: कांग्रेसले तीन दिनभित्र विवाद टुंग्याउने

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- नेपाली कांग्रेसले पार्टीमा क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने भएको छ ।



शीर्ष नेताहरूको बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको हो ।

शीर्ष नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौला तथा नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखकबीच आज छलफल भएको थियो ।

छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रत भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नेता लेखकले जानकारी दिए ।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ,’ लेखकले भने, ‘यसले निरन्तरता पाउँछ र २-३ दिन भित्र टुंगिन्छ ।’

बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट