पोर्चुगलमा एक नेपाली महिलाको ज्यान गयाे-Sutra News

पोर्चुगलमा एक नेपाली महिलाको ज्यान गयाे

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

दोहा- बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।



पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।

एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै उनको दु:खद् निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित् एवम् मर्माहित बनाएको जनाएको छ ।  

सांकेतिक तस्बिर ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट