मधुमेह भएका व्यक्तिले भुलेर पनि नगर्नुस् यी काम-Sutra News

मधुमेह भएका व्यक्तिले भुलेर पनि नगर्नुस् यी काम

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौं- मदिरा र मुधमेहको समायोजन आफैंमा घातक संयोजन होे । मधुमेह भएका व्यक्तिले मदिरालाई छुनु पनि हुँदैन ।



मधुमेह हाम्रो जीवनको आम रोग हो । मधुमेहले लाखौं व्यक्तिलाई सताएको हुन्छ ।

यसले व्यक्तिको रगतमा चिनीको स्तर, पाचन प्रक्रिया, कोलेस्ट्रालमा प्रत्यक्ष्य प्रभाव पार्छ । रगतमा चिनीको मात्रा अत्यधिक बढ्नाले स्वास्थ्यमा गम्भीर असर पार्छ । किनकी मधुमेह धेरै नै सम्वेदनशील स्वास्थ्य समस्या हो ।

मधुमेह भएका व्यक्तिले मदिरा पिउँदा शरीरमा चिनीको मात्रा अत्यधिक बढ्छ । मदिरामा कार्बोहाइड्रेट हुन्छ । जसले शरीरमा चिनी र इन्सुलिनको मात्रालाई बढाउँछ ।

मदिरापानले शरीरमा चिनीको मात्रा घट्न वा बढ्न पनि सक्छ । यसकासाथै यसमा अत्यधिक क्यालोरी हुन्छ, फलस्वरुप मोटोपनाको समस्या पनि हुनसक्छ ।

madhumeha.jpg

मदिरा र मधुमेहको औषधिबिच प्रतिक्रिया उत्पन्न हुन्छ । त्यसैले मधुमेह भएका व्यक्तिले मदिरा पिए लगत्तै रगतमा चिनीको मात्रा घटेको महसुस हुन थाल्छ ।

मदिराले मस्तिष्कमा भोक बढेको संकेत गर्छ । जसको कारण अत्यधिक भोक लागेको महसुस हुन्छ र धेरै खानेकुरा खान मन लाग्छ । त्यसैले अत्यधिक खानेकुरा खाने सम्भावना हुन्छ । अत्यधिक खानेकुरा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्छ । 

खाली पेट वा खाना खाएपछि मदिरा पिउँदा रगतमा चिनीको स्तर घटबढ भएको थाहा हुन्छ । यो प्रक्रिया २४ घण्टासम्म रहिरहन्छ । नियमित खाना खाएपछि अधिक मदिरापान गर्दा मधुमेह बढ्छ ।

त्यसैले मदिरापान गर्नुपूर्व एक पटक शरीरमा चिनीको मात्रा जाँच गर्न आवश्यक हुन्छ । अनुवाद 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट