गुल्मीमा ट्याक्टर दुर्घटना, घटनास्थलमै चालकको मृत्यु-Sutra News

गुल्मीमा ट्याक्टर दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौँ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



गएराती सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझी रहेको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट