काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प छैनन् भन्ने बुझाइ गलत भएको बताएका छन् ।
सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले देशलाई एउटा मात्र कुलमान नभएर हजार कुलमानको आवश्यकता रहेको बताएका छन् ।
उक्त पदमा अरुलाई पनि अवसर दिनुपर्ने भन्दै उनले लेखेका छन्, ‘खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन । ‘
‘कुलमान घिसिङकाे नियुक्तिप्रक्रियादेखि आजसम्म उनको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ। हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन ।’ उनले लेखेका छन् ।
घिसिङले यसअघि पनि ४ वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त गरेका कुलमानले प्राधिकरणको व्यवस्थापनमा पनि ‘उल्लेख्य’ सुधार गरेका थिए।