दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा-Sutra News

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

 काठमाडौँ । एक युवकलाई रुखमा बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



उनले गत साउन १५ गते सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।  

सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्षले उनलाई कुटेका थिए ।

प्रहरीले भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउने बताएको छ ।

तर वडाध्यक्षले भने आफूले उनलाई नकुटेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट