काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी छ ।
सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको थियो ।
कार्यदलले समयमा नै प्रतिवेदन बुझाउन नसक्दा देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
गठबन्धन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र देउवाले मन्त्रिपरिषद विस्तारको कामलाई अगाडी बढाउने बताइएको छ ।
देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएको यतिका दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा देशको कामहरु प्रभावित बनिरहेको छ ।