आवश्यक परे गीत युटुबबाट हटाउँछु- दुर्गेश थापा-Sutra News

आवश्यक परे गीत युटुबबाट हटाउँछु- दुर्गेश थापा

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

गायक तथा मोडलसमेत रहेका दुर्गेश थापाले ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’ गीत आवश्यक परे युटुब बाट हटाउन सक्ने बताएका छन् ।



केही दिनअगाडी एक अनलाइनसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई आफ्नो त्यो गीत हटाउन कुनै पनि आपत्ति नभएको भन्दै आवश्यक परे हटाउने बताएका हुन् ।

‘मलाई गीत हटाउन अहिले पनि आपत्ति छैन । त्योभन्दा पहिले मेरो अगाडि आएका अग्रजका यस्ता गीत सबै हट्नु पर्‍यो । त्यसो भएको खण्डमा म पनि गीत हटाउँछु ।’ उनले भनेका छन् ।

पछिल्लो समय उनी नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण विवादमा तानिएका छन् ।

उनको गीतमा भएको उक्त शब्द हटाउनका लागि उनलाई लोकदोहोरी प्रतिष्ठानले चेतावनी पत्रसमेत पठाएको थियो । तर उनले प्रतिष्ठानको चेतावनीलाई बेवास्ता गरेर गीत रिलिज गरेका थिए ।

उनको त्यो कदमपछि प्रतिष्ठानले उनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । उनले प्रतिष्ठान अदालत नभएर सम्झाई बुझाई गर्ने घर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट