देउवा सरकारविरुद्ध महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन हुँदै-Sutra News

देउवा सरकारविरुद्ध महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन हुँदै

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ ।



नेकपा एमालेका नेता तथा इन्चार्जसमेत रहेका महेश बस्नेतको नेतृत्वमा विरोध प्रदर्शन हुन लागेको हो ।

सरकारको उक्त निर्णयलाई नेकपा एमालेले पनि विरोध जनाएको छ । बुधबार एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन माग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा उक्त आयोग गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट