स्वास्थ्य मन्त्रालयले भन्यो- साउन महिनापछि कोरोना संक्रमितको संख्या ह्वात्तै घट्न सक्छ-Sutra News

स्वास्थ्य मन्त्रालयले भन्यो- साउन महिनापछि कोरोना संक्रमितको संख्या ह्वात्तै घट्न सक्छ

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या घट्दै जाने अनुमान गरेको छ ।



स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख गरिएको छ ।

सरकारले निषेधाज्ञा खुकुलो गरेपछि कोरोना संक्रमितहरु ह्वात्तै बढ्न थालेका छन् । कोरोना संक्रमितको संख्या कम गर्नका लागि सरकारले निषेधाज्ञा अझ कडा पार्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट