काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूपक्षका नेताहरुसँग छलफलमा जुटेका छन् ।
स्रोतका अनुसार बिहीबार बिहान ११ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा छलफल सुरु भएको हो ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा सदस्यता दिएको पौडेल पक्षको आरोप छ ।
झन्डै एक सय भन्दा बढी वडाहरुमा अझै पनि क्रियाशील सदस्यको विवाद कायमै रहेको छ । विवादका अकारण वडा अधिवेशन समयमा नै हुन सकेको थिएन् ।