नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र नेता सुरेन्द्र अनुपस्थित रहेका छन् ।
पाण्डेका पीएसओ र भट्टराईकी आमालाई कोरोना पोजिटिभ देखिएकाले उनीहरु बैठकमा अनुपस्थित रहेको बताइएको छ ।
पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न नेपाल पक्षको स्थायी कमिटीको बैठक राखिएको हो ।
आजै नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको एक स्थायी कमिटीले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् ।
नेता नेपालले एमालेकै सरकार ढलाएर नेपाली काँग्रेसको सरकार निर्माण गर्नमा निर्णायक भूमिका खेलेका थिए । उनले यतिबेला सरकारमा सम्मानजनक उपस्थिति खोजिरहेका छन् ।