स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रश्न- कोरोनाको खोपको मूल्य कति हो ?-Sutra News

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रश्न- कोरोनाको खोपको मूल्य कति हो ?

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौँ । पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोनाभाइरस विरुद्धको खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् ।



बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले कोरोनाको खोपको मूल्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले ‘भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो ?’ भन्दै प्रश्न गरेका थिए ।

सरकारले जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिद प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट