काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको हो ।
बिहान बसेको स्थायी कमिटीको बैठकमा नेता योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित रहेका थिए ।
अब बस्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीको बैठकले तय गरेका एजेन्डामाथि छलफल हुने बताइएको छ ।