८८ केन्द्रीय सदस्य दाबी गर्ने माधव समूहको बैठकमा जम्मा ७० उपस्थित-Sutra News

८८ केन्द्रीय सदस्य दाबी गर्ने माधव समूहको बैठकमा जम्मा ७० उपस्थित

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

नेकपा एमालेको माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७० जना मात्र उपस्थित भएका छन् ।



नेपाल र झलनाथ खनाल समूहमा यसअघि ८८ केन्द्रीय सदस्य रहेको दाबी गरिएको भएपनि बिहीवार बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको बैठकमा जम्मा ७० जना उपस्थित भएका हुन् ।

बैठकमा स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र सुरेन्द्र पाण्डे पनि उपस्थित भएका छैनन् ।

बैठकमा सहभागी एक नेताले भने – ‘योगेश र सुरेन्द्र कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नआउनुभएको हो भने अन्य कतिपय सदस्यहरू काठमाडौँबाहिर भएकाले उपस्थित हुन नसक्नुभएको हो ।’

पछिल्लो समयमा नेपाल समूहमै विवाद देखिएको छ । जसरी पनि अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नै पर्ने दबाब नेता नेपालमाथि बढेको छ ।

निर्वाचन आयोगमा अद्यावधिक भएको पछिल्लो अभिलेखमा एमालेमा २०३ जना केन्द्रीय सदस्य रहेको उल्लेख छ । तीमध्ये केहीको निधन भएको छ भने केही कुनै नियुक्तिका कारण पार्टी छाडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट