काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको हो ।
बैठकमा नेता योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित छन् तर भीम रावल भने उपस्थित रहेका छन् ।
दुवै नेता कन्ट्र्याक ट्रेसिङमा परेका कारण उपस्थित हुन नसकेको बताइएको छ ।
उनीहरु बिहान बसेको स्थायी कमिटीको बैठकमा पनि उपस्थित थिएनन् ।
अब बस्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीको बैठकले तय गरेका एजेन्डामाथि छलफल हुने बताइएको छ ।
बिहान बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली एकताका पक्षमा उभिनुपर्ने निष्कर्श निकालेको थियो ।