सांसद वलीको बयानपछि एमालेको प्रतिक्रिया- अपहरण र बन्धक बनाउने भन्ने कुरा झुटा हुन् !-Sutra News

सांसद वलीको बयानपछि एमालेको प्रतिक्रिया- अपहरण र बन्धक बनाउने भन्ने कुरा झुटा हुन् !

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

लुम्बिनी प्रदेश सांसद विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको कुरा सार्वजनिक गरेपछि नेकपा एमालेले यसमा आपत्ति जनाएको छ ।



सांसद वलीले बिहीबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पोखरेलले आफूलाई आफ्नो निवासमा लगेर बन्धक बनाएर राखेको र त्यहाँबाट ट्वाइलेटको चप्पल लगाएर भागेको खुलासा गरेपछि एमालेले यसको खण्डन गरेको हो ।

एमालेले उनले सार्वजनिक गरेको कुरालाई झुटो आरोप भएको बताएको छ ।

यसबारेमा एमालेले पनि केहीबेरमा पत्रकार सम्मेलन गरेर वास्तविकता बताउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट