काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने बताएको छ ।
बिहीबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले देउवा नेतृत्वको कार्य समितिलाई अस्वीकार गर्ने चेतावनी दिएको एक नेताले जानकारी दिए ।
सभापति देउवाले समयमा नै निर्वाचन गराउन नसकेको भन्दै पौडेल पक्षले यस्तो चेतावनी दिएको हो ।
छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए ।
त्यस्तै नेता पौडेलले उक्त मितिपछि काँग्रेस केन्द्रीय समित अवैधानिक रहने बताएका छन् ।