इच्छा विपरीत विवाहको कुरा चलाएपछि…-Sutra News

इच्छा विपरीत विवाहको कुरा चलाएपछि…

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन् ।



परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकी हुन् । आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको र पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन् ।

परिवारले प्रहरीसम्म उजूरी गर्न गएको सूचना पाएपछि विराटनगरमा साथी कहाँबाट भिडियो र पे्रश विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको जानकारी उनले दिइन् । परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट