चट्याङ पर्दा बिहे भोजमा सहभागी १७ जनाको मृत्यु, बेहुलासहित १४ घाइते-Sutra News

चट्याङ पर्दा बिहे भोजमा सहभागी १७ जनाको मृत्यु, बेहुलासहित १४ घाइते

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

बंगलादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।



उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्।

उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो। स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो।

एक स्थानीय अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट