काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



मन्त्रालयका अनुसार भक्तपुरमा १४६ जना, ललितपुरमा १६३ र काठमाडौंमा ७६६ गरि कुल १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

सोही अवधिमा थप २०१२ जना संक्रमणमुक्त रहेका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट