ठाकुर पक्षलाई संकेत गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले किन जारी गरे यस्तो विज्ञप्ति ?-Sutra News

ठाकुर पक्षलाई संकेत गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले किन जारी गरे यस्तो विज्ञप्ति ?

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको पक्षमा लागेका कार्यकर्ताहरुलाई पनि पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।



बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न अपील गरिन्छ ।’ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Jasapa-Statement11 (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट