काठमाडौँ । नेकपा एमालेमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम खारेज गर्ने माओवादी अध्यक्ष प्रचण्डको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीहरूलाई सूचना दिन आदेश दिएको छ ।
बिहीबार न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डको भ्याकेट निवेदनका बारेमा विपक्षीलाई सूचना दिन आदेश दिएको हो ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका १४ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए । उनीहरूलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।
ती जनप्रतिनिधिहरूले आफू पुनर्बहाली हुन पाउने माग गर्दै प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा रिट दायर गरेपछि प्रचण्ड भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
*शीर्षक सच्याइएको
यसअघि असावधानीवश ‘भ्याकेट निवेदन खारेज’ भएको समाचार प्रकाशित हुन पुगेकोमा हामी क्षमाप्राथी छौं – सम्पादक