रोचक तथ्य – एउटा इन्जिन बन्द भएपनि निरन्तर ५ घण्टा उड्न सक्छ हवाइजहाज-Sutra News

रोचक तथ्य – एउटा इन्जिन बन्द भएपनि निरन्तर ५ घण्टा उड्न सक्छ हवाइजहाज

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

सन् १९०३ मा राइट दाजुभाईले आकाशमा चरा उडेको देखेर हवाइजहाजको कल्पना गरे । उनीहरुले हवाइजहाको आविश्कार गरेसँगै जीनवशैली निकै सहज बनाईदिए ।



राइट दाजभाइकै आविष्कारले त अहिले हामी धेरै टाढाको दूरी पनि थोरै समयमा पार गरिरहेका छौं । चरा आकाशमा उडेको देखेर हवाइजहाजको कल्पना गर्नु निकै चुनौतीको विषय हो । हामीले दैनिक जीवनमा धेरै पटक जहाजको यात्रा गरेपनि यो बारे धेरै कुरा थाहा हुननसक्छ । हवाइजहाजसँग सम्बन्धित केहि रोमांचक तथ्यहरु यस्ता छन्ः

१. कुनै हवाइजहाज उड्दै गरेको अवस्थामा एउटा इन्जिनले काम गर्ने छोड्यो भने त्यो हवाइजहाजले ५ घण्टासम्म निरन्तर उड्ने क्षमता राख्छ ।

२. यदि कोही व्यक्तिको हवाइ यात्रा गर्दै गर्दा मृत्यु भयो भने उसलाई आफु बसिरहेको क्याबिन मै राखिन्छ । तर कुनै जहाजमा भने विशेष ठाँउमा राखिने व्यवस्था हुन्छ ।

३. विमानमा रहेको अक्सिजन मास्कले विमान उडान अवधिको पूरा समय सम्म काम गर्दैन । विमानको अक्सिजन मास्कले केवल १२ मिनेटसम्म लगातार एयरफ्लो प्रदान गर्न सक्छ ।

४. विमान उडान भइरहेको बेला प्राय पाइलटहरु निदाउने गर्ने गरेको एक अध्ययनले देखाएको छ । सन् २०१७ मा ब्रिटिस एरलाइन्स पाइलट संघले एउटा अनुसन्धान गरेको थियो । ५ सय पाइटलमा गरिएको अध्ययनले ४३ प्रतिशत पाइलट विमान उडानका क्रममा निदाउने गरेका थिए ।

५. विमानमा हुने ब्ल्याक बक्स ब्ल्याक अर्थात कालो रंगको हुदैन् । यो चम्किलो सुन्तला रंगको हुन्छ । जसको कारणले विमान दुर्घटना भएपछि यसलाई भेटाउन सहज हुन्छ ।

६. शौचालयलाई सबैभन्दा फोहोर मानिन्छ । तर विमान रहेको शौचालयलाई फोहोर मानिदैन् । विमानमा रहेको ट्रे–टेबल जसमा यात्रुहरु खाना खान्छन त्यो सबै भन्दा फोहर हुन्छ भनेर एक अध्ययनले देखाएको छ । ट्राभल म्याथको एक अध्ययन अनुसार ट्रे–टेबलका एक इन्चमा दुई हजार एक सय ५५ कोलोनी फर्मिङ ब्याक्टेरियल युनिट (सिएफयु) हुन्छ भने विमानको शौचालयको फल्स गर्ने बटनको एक इन्चमा २ सय ६५ सिएफयु मात्र हुन्छ ।

७. विमानमा उडान र अवतरण सबैभन्दा खतरनाक हुन्छ । बोइङले तयार पारेको एक रिर्पाट अनुसार १३ प्रतिशत विमानको घातक दुर्घटनाहरु उडानको टेक अफ र प्रारम्भिक आरोहणको वा उडानको तीन मिनेटको समयमा हुन्छन् । त्यसैगरी विमान ल्याण्डिङ हुनु ८ मिनेट अगाडि पनि धेरै घातक दुर्घटना हुने गरेको छ । ४८ प्रतिशत विमान दुर्घटनाहरु यस्तो समयमा हुन्छ ।

८. विमानमा यात्रा गर्दा सबै भन्दा सुरक्षित स्थान पछाडिको सिट हुन्छ । टाइम म्यागिजिनले बनाएको एक रिपोर्ट अनुसार विमान दुर्घटना हुँदा पछाडिको सिटमा बस्नेको मुुत्युदर ३२ प्रतिशत हुन्छ । बीचको सिट सबै भन्दा असुरक्षित रहेको तथ्यांक छ जसको मुत्यु र ३९ प्रतिशत रहेको छ र अगाडिको सिटमा बसेर मुत्यु हुनेको दर ३८ प्रतिशत रहेको छ ।

९. विमानमा रहेको ब्ल्यान्केट हरेक पल्ट प्रयोग भए लगत्तै धोईदैन् । वाल स्ट्रिट जरनलमा छापिएको एक रिपोर्ट अनुसार विमानमा भएका ब्ल्यान्केटहरु ३० दिनमा एक पल्ट मात्र धोइन्छ ।

१०. अन्तर्राष्ट्रिय विमान उडाउन हरेक पाइलटले अंग्रेजी भाषा जानेको हुनुपर्छ । सन् २००३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले चिकागो कन्भेन्सनमा अन्तर्राष्ट्रिय विमान उडाउने पाइलटहरुको नयाँ मापदण्ड थप्यो जसमा अन्तर्राष्ट्रिय पाइलटहरुले सम्भावित सञ्चार त्रुटिहरु रोक्नका लागि अंग्रेजी भाषा जार्नैपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट