बन्दागोभी खानुहोस्, यस्ता फाइदा हुन्छन्-Sutra News

बन्दागोभी खानुहोस्, यस्ता फाइदा हुन्छन्

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौं- बन्दागोभी एक पोषक तत्वयुक्त तरकारी हो । यसमा धेरै पौष्टिक तत्वहरु हुन्छन् । यसमा तामा, भिटामिन बी १, भिटामिन बी, भिटामिन सी र अन्य भिटामिनहरू भरपुर मात्रामा पाइन्छ । 



बन्दागोभीको मद्दतले जोर्नी दुखाईको समस्यालाई पनि यसले नियन्त्रण गर्छ । हामीले बन्दागोभीको पातलाई पट्टिको रुपमा प्रयोग गर्यौ भने यसले जोर्नीमा हुने दुखाईलाई कम गर्न सकिन्छ ।

सबैभन्दा पहिले एउटा बन्दागोभीलाई लिनुपर्छ । यसलाई प्लास्टिकको झोलामा राखेर फ्रिजमा राख्नुपर्छ । यसलाई जोर्नीको दुखाई सुरु हुने बित्तिकै यसको पातलाई तुरुन्तै प्रभावित ठाउँमा लगाउन पर्छ ।

त्यसपछि एउटा तौलिया लिएर बन्दागोभी माथि बेर्नुपर्छ । यसले गर्दा शरीरमा भएको तापक्रमले बन्दागोभीको पात पनि तातो हुनेगर्छ ।

यस प्रक्रियाबाट बन्दागोभीमा भएका तत्वहरु युरिक एसिडमा घुल्न थाल्छन् । यसले युरिक एसिडको प्रभावलाई कम गर्छ र जोर्नीको दुखाइलाई कम गर्छ ।

यदि सुन्निएको छ भने बन्दागोभीको प्रयोगबाट राहत मिल्छ । सुन्निएको ठाउँमा  बन्दागोभीको पातलाई लगाउनु पर्छ । पात लगाई सकेपछि त्यसमाथि प्लाष्टिकले बेर्नुपर्छ ।

कम्तिमा ३० मिनेटसम्म बाँध्नुपर्छ । यो प्रक्रिया गर्दा आफ्नो खुट्टालाई माथीतिर राखेर गर्नुपर्छ । यसले सुन्निएको भागलाई कम गर्छ ।

घरमा फ्रिज नभएको खण्डमा पनि बन्दागोभीको प्रयोग गर्न सकिन्छ । बन्दागोभीको पातलाई बेलनाले बेल्नुपर्छ । यसले गर्दा पातहरुमा दबाव पर्छ र रस निस्कन थाल्छ ।

त्यसपछि पातलाई खुट्टाको प्रभावित ठाँउमा लगाइ बाहिरीबाट कपडाले बेर्नुपर्छ । यस प्रक्रियाबाट जोर्नीको दुखाईमा धेरै राहत पुग्छ ।

कराईलाई हल्का तताउने त्यसपछि बन्दागोभीको पातलाई तताउने र हल्का तातो बनाई सकेपछि उक्त पातलाई दुखाई भएको जोर्नीमा लगाउनुपर्छ ।

कम्तिमा ४५ मिनेटसम्म राख्नुपर्छ । यसले जोर्नीको दुखाईलाई कम गर्छ । अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट