देउवासँग मन्त्री माग्न बालुवाटार पुगेका माधव पक्षका सांसदहरू जब निराश भएर फर्किए ….-Sutra News

देउवासँग मन्त्री माग्न बालुवाटार पुगेका माधव पक्षका सांसदहरू जब निराश भएर फर्किए ….

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री पद माग्दै बालुवाटार पुगेका एमालेका सांसदहरुलाई मन्त्री बन्न नहुने भन्दै फर्काएका छन् ।



देउवाले माधवकुमार नेपालको अनुमतिबिना मन्त्री बन्न नहुने भन्दै उनीहरुलाई बालुवाटारबाट फर्काएका हुन् ।

नेकपा माओवादीको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घटना भएको संकेत गरेका हुन् । देउवालाई विश्वासको मत दिने एमालेका ४ सांसदले मन्त्री बन्न भन्दै बालुवाटार पुगेका थिए ।

बालुवाटार स्रोतले भन्यो – ‘एमालेका माधव पक्षका केही सांसदहरू मन्त्री माग्न बालुवाटार आउनुभएको थियो, प्रधानमन्त्री देउवाले माधवसँग कुरा नभई अहिल्यै केही निर्णय गर्न नसकिने भन्दै फिर्ता गरिदिनुभएको हो ।’

स्रोतका अनुसार नारदमुनी रानासहितका केही नेताहरू आफूले विश्वासको मत दिएको भन्दै मन्त्री बनाउन माग गर्दै बालुवाटार पुगेका थिए ।

एमालेको नेपाल पक्षका केही नेताहरू जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै कहिले नेपाल, कहिले प्रचण्ड त कहिले देउवासामु पुग्ने गरेका हुन् ।

तर नेता रघुजी पन्त र भीम आचार्यलगायतका नेपाल पक्षका नेताहरूले भने यही स्थितिमा सरकारमा जाने सम्भावना नरहेको दाबी गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट