गृहमन्त्री खाँणले गरे प्रहरीकाे कामको प्रशंसा-Sutra News

गृहमन्त्री खाँणले गरे प्रहरीकाे कामको प्रशंसा

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् ।



गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् ।

गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए । राष्ट्रिय परिचय पत्र विभागले गरेको कामले कागजी युगको अन्त्य हुने मन्त्री खाँणको भनाइ थियो ।

बैठकमा गृहमन्त्रीले कैन्दीबन्दीको स्वास्थ्य उपचार, दैनिक खानपान र बसोबास राज्यको जिम्मेवारी भएको भन्दै यसलाई व्यवस्थित बनाउनु राज्यको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट