काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै ‘असन्तुष्टि’ व्यक्त गरेका छन् ।
प्रदेशसभामा सांसदको संख्या कम हुनुमा ‘जिम्मेवारु रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेले त्यसबारे ‘इतिहासले उत्तर खोज्ने’ टिप्पणी गरेका छन् ।
सबै आराम गरिरहेको मौका हेरेर ट्वाइलेटको चप्पल लगाएर भागें- विमला वली
सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै पोखरेलले भनेका छन्, ‘दुईजना माननियलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासनुको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’ को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’
तत्कालीन नेकपाबाट निर्वाचित भए पार्टी विघटन भएपछि माओवादी केन्द्र रोजेकी प्रदेशसभा सदस्य विमला खत्री ओलीले बिहीबार वक्तव्य जारी गर्दै आफूलाई अपहरण गरी मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएकी थिइन् ।