आजदेखि कोरोनाविरुद्धको भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै-Sutra News

आजदेखि कोरोनाविरुद्धको भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप अभियान सुरु भएको छ ।



गत असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो मात्रा पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो मात्रा लगाएकालाई २१ दिनपछि दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि आग्रह गरिएको छ ।

अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ ।

मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट