यो हो संसारकै धनी गाउँ, यस्ता मानिसहरु मात्र बस्छन्-Sutra News

यो हो संसारकै धनी गाउँ, यस्ता मानिसहरु मात्र बस्छन्

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात छ। उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ।



संसारको सबैभन्दा धनी यो गाउँ चीनको जियांग्सू प्रान्तमा रहेको छ। उक्त गाउँको नाम वाक्सी हो। चीनको यो गाउँ यस्तो छ कि त्यहाँ पुग्दा जोकोहीले पनि देशको राजधानीमा जस्तै सुविधाहरु सजिलैसँग प्राप्त गर्न सक्दछ।

यो गाउँमा उपलब्ध सुखसुविधाका कारण यसलाई सुपर भिलेजको नामले पनि चिनिन्छ। उक्त गाउँमा ७२ तले गगनचुम्बी महल रहेको छ। त्यस्तै हेलिकप्टर टेक्सिस, थीम पार्क तथा लक्गरी भिल्ला पनि छन्।

यस गाउँमा करीब दुई हजार मानिसको बसोबास छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट