सभामुख सापकोटा र उर्जामन्त्री भुसालबीच भेटवार्ता, के भयो छलफल ?-Sutra News

सभामुख सापकोटा र उर्जामन्त्री भुसालबीच भेटवार्ता, के भयो छलफल ?

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच भेटवार्ता भएको छ ।



उनीहरुबीच शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटवार्तामा मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा समेत कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दियो ।

सभामुख सापकोटा पछिल्लो समय मन्त्रीसँग भेटवार्ता गरिरहेका छन् । उनले केही दिनअगाडी अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट