नेपाल समूहको निष्कर्ष – नयाँ पार्टी पनि खोल्दैनौं, सरकारमा पनि जाँदैनौं-Sutra News

नेपाल समूहको निष्कर्ष – नयाँ पार्टी पनि खोल्दैनौं, सरकारमा पनि जाँदैनौं

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सरकारमा पनि नजाने र नयाँ पार्टी पनि नखोल्ने निष्कर्ष निकालेको छ ।



शुक्रवार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग नेता सोमप्रसाद पाण्डेले भने – ‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । अहिले हामी एकताकै पक्षमा जोडबल गरिरहेका छौं । कानूनी समस्याका कारण हामी सरकारमा जाने स्थिति पनि बनेको छैन ।’

बिहीवार र शुक्रवार गरी दुई दिन लगातार बसेको केन्द्रीय कमिटीको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

सबै केन्द्रीय सदस्यहरूले पार्टीमा सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका थिए ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि बैठक केही समयका लागि स्थगित गरिएको छ भने स्थायी कमिटी बैठक शुरू भएको छ ।

स्थायी कमिटीका सदस्यहरूले केन्द्रीय कमिटीमा आएका कुराहरूको जवाफ कसरी दिने भन्ने तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट