काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ ।
बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । आजको बैठकमा पार्टीको विधान संशोधन गर्ने तथा दशौँ महाधिवशेनबारे छलफल गर्ने बताइएको छ । त्यस्तै पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्नसक्ने बुझिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर सरकार गठन गर्न सहयोग गरेपछि माधव पक्षप्रति ओली पक्ष रुष्ट बन्दै गएको छ ।
अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनैपनि ठाउँ नभएको बताउँदै आएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’ र ‘देशद्रोही’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका थिए ।
नेपालप्रति रुष्ट बनेका ओलीले उनलाई पार्टीविहीन बनाउने तयारी गरेको चर्चा चल्न थालेको छ ।
एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ। ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय निर्णय गरेको छ।