गाउँपालिका उपाध्यक्षको ससुराको निधनमा सार्वजनिक बिदा-Sutra News

गाउँपालिका उपाध्यक्षको ससुराको निधनमा सार्वजनिक बिदा

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको निधन भएको भन्दै सार्वजनिक विदा दिइएको छ ।



उपाध्यक्ष गौतमका ९६ वर्षीय ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज शुक्रबारका लागि सार्वजनिक बिदा दिएको हो । 

 ‘उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराबुवा कृष्णप्रसाद गौतमको साउन २१ गते ९६ वर्षको उमेरमा निधनले मेन्छयायेम गाउँपालिका परिवार मर्माहत भएको छ ।यस दुखद् घडीमा साउन २२ गते शुक्रबार (आज) एक दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु र एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) मा शोक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित् सबैमा जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

1628239638-jZ9KL.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट