भुटानले दिएको तीन लाख डोज खोप पनि आयो काठमाडौँ-Sutra News

भुटानले दिएको तीन लाख डोज खोप पनि आयो काठमाडौँ

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं । भुटानले अनुदानमा दिएको कोरोनाभाइरस (कोभिड १९)विरुद्धको तीन लाख डोज खोप काठमाडौं आइपुगेको छ । 



भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

भूटानले आफ्नो जनसंख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो ।

भुटानले पठाएको एस्ट्राजेनेकाको तीन लाख डोज खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट